२०७३ कार्तिक ३ गते १३:५८ विकासन्युज
काठमाडौं, ३ कात्तिक । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी नारायणप्रसाद पौडेललाई दिएको छ । पौडेल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् । यसअघि प्रवक्ताको जिम्मेवारी त्रिलोचन पंगेनीले समालेका थिए ।
राष्ट्र बैंकले पंगेनीलाई राष्ट्र ऋण विभागको कार्यकारी निर्देशक पदमा सरुवा गरेको छ । उनी यसअघि जनशक्ति व्यवस्थापन विभागमा कार्यकारी निर्देशक थिए । भाेलिदेखि लागु हुने गरी उल्लेखित जिम्मेवारी हेरफेर भएकाे सहायक प्रवक्ता राजेन्द् पण्डितले बताए ।
डा. मिनबहादुर श्रेष्ठलाई सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेपछि सो पद खाली थियो । पंगेनीलाई सरुवा गरे पछि हाललार्इ जनशक्ति विभाग प्रमुख पद खाली भएको छ । त्यस्तै वित्त व्यवस्थापन विभागकाे कार्यकारी निर्देशक पद पनि खाली छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.