२०७३ कार्तिक ३ गते १६:५२ विकासन्युज
काठमाडौं, ३ कात्तिक । काठमाडौं फाइनान्स र गोर्खा विकास बैंकसँग मर्जर पुरा गरी एकीकृत कारोबार सुरु गरेको गोर्खाज फाइनान्सले लामो समय भइसक्दा पनि शेयर कारोबार खुलाएको छैन । कारोबार शुरु गरेको ६ महिना बितिसक्दा पनि सेयर कारोबार नखुलाएको भन्दै नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई तीन दिन भित्र जबाफ दिन निर्देशन दिएको छ ।
गोर्खा डेभलपमेन्ट बैंक र काठमाडौं फाइनान्स लिमिटेड मर्ज भएर बनेको गोर्खाज फाइनान्सले गत चैत २८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो ।
बोर्डले मर्जर पुरा गरी एकीकृत कारोबार सुरु गरेका कम्पनीहरुले लामो समयसम्म पनि शेयर कारोबार नखोल्ने कम्पनीहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउने क्रममा गोर्खाज फाइनान्सलाई पत्र काटेको हो ।
बोर्डले केही समय अगाडि मात्रै मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार थालेका कम्पनीले २ साता भित्र अनिवार्य शेयर कारोबार सुचारु गराउनुपर्ने व्यवस्था समेत गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.