सिभिल बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता

  २०७३ कार्तिक ४ गते १८:३४     विकासन्युज

काठमाडौं, ४ कात्तिक । सिभिल बैंक लिमिटेडले रेमिटेन्स प्रवाहलाई अझै सरल र विस्तार गर्ने उद्देश्यले बुम रेमिट्यान्स संग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् ।

civil_agree_boom_remit

उक्त सम्झौताबाट खाडी मुलूकमा कार्यरत नेपालीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताएका छन् । साथै बैंकले यस अघि वेस्टर्न युनियन, आइएमइ, प्रभु रेमिट, संसारा रेमिट, रिलाएबल रेमिट, हिमाल रेमिट, एसडिबिएल ट्रस्ट रेमिट, ईजीलिङ्क रेमिटेन्स, सुलभ रेमिट, एसबिएल रेमिट, आईपे रिलाएबल रेमिटेन्स र बेस्ट रेमिटसंग सम्झौता गरी रेमिटेन्स सेवा दिंदै आएको छ ।

यस बाहेक बैंकको आफ्नै रेमिटेन्स सेवा सिभिल बैंक रेमिट पनि रहेको छ जसका ३००० भन्दा बढी सब एजेन्टहरु मार्फत रेमिटेन्स भुक्तानी सेवा उपलब्ध गराउँदै आइरहेको छ । इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनीसँग मर्ज गरी एकिकृत कारोवार शुरु गरेको छ ।

सिभिल बैंकले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ जसपछी चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । टि–२४ नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै ग्राहक मुखी थप सेवाहरु पनि थप्दै लाने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.