घोराही सिमेन्टद्वारा साढे तीन अर्ब लगानी थप, दैनिक २६ सय ६७ टन सिमेन्ट उत्पादन गर्ने

  २०७३ कार्तिक ७ गते ८:२४     विकासन्युज

काठमाडौं, ७ कार्तिक। नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग घोराही सिमेन्टले झन्डै साढे तीन अर्ब लगानी थपेर क्षमता बढाउने भएको छ। उद्योगले ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ लगानी थपेर दैनिक २६ सय ६७ टन सिमेन्ट उत्पादन गर्ने भएको हो।
Image result for cement factory
अहिले घोराहीले दैनिक १८ सय १२ टन सिमेन्ट उत्पादन गर्दै आएको छ। क्षमता वृद्धिका लागि घोराहीले उद्योग विभागमा आफ्नो व्यवसायिक प्रस्ताव पेश गरिसकेको छ।नेपालका ठूला औद्योगिक घराना त्रिवेणी र विशाल समूहको संयुक्त लगानीमा सन् २००९ मा दाङमा यो सिमेन्ट उद्योग स्थापना भएको थियो।सिमेन्ट उद्योगमा विदेशी लगानीका ठूला उद्योग भित्रिन थालेपछि यो समूहले क्षमता बढाउन लागेको हो।
३६ अर्ब लगानीमा दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित यो उद्योग स्थापना हुँदैछ। यो उद्योगबाट सन् २०१८ बाट व्यवसायिक रुपमा सिमेन्ट उत्पादन हुनेछ। घोराही सिमेन्टले विदेशी लगानीको यही उद्योगसँग प्रतिस्पर्धा गर्न क्षमता बढाउन लागेको हो।यो पुँजीपछि उद्योगको कुल पुँजी ११ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ पुग्नेछ। दाङमा रहेको यो उद्योगको आफ्नै खानी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.