सिद्धार्थ बैंकको ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा

  २०७३ कार्तिक ८ गते १५:१२     विकासन्युज

siddhartha_180days_muddati_काठमाडौं, ८ कात्तिक । सिद्धार्थ बैंकले ‘सिद्धार्थ १८० दिने मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो खाता सञ्चालनमा ल्याएको हो । सिद्धार्थ १८० दिने मुद्दती खाता छोटो अवधिमा आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहकहरुलाई लक्षित गरि ७ दशमलब ५ प्रतिशतको आकर्षक प्रतिफलको साथमा सञ्चालनमा ल्याइएको हो ।

बैंकले आफना ग्राहकलाई उच्चतम प्रविधियुक्त विभिन्न सेवा तथा सुविधा प्रदान गर्नुका अतिरिक आकर्षक प्रतिफल सहित संचालनमा ल्याएको हो । यस नविनतम मुद्दती योजनाबाट बढि भन्दा वढि निक्षेपकर्ताहरु लाभान्वित हुने कुरामा बैंक विस्वस्त रहेको छ ।

बैंकले हाल नेपालभर ६४ शाखा, ८१ ए.टि.एम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.