आशा लघुवित्तको पहिलो शाखा नुवाकोटको देवीघाटमा

  २०७३ कार्तिक १० गते १६:४०     विकासन्युज

काठमाडौं, १० कात्तिक । आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो पहिलो शाखा नुवाकोटको देवीघाटमा शुभारम्भ गरेको छ । सो शाखाको समुदघाटन आशा लघुवित्त वित्तीय संस्थाका सञ्चालक रामेश्वर सापकोटाले एक समारोहका बीच गरेका छन् ।
asha_laghubitta

सो कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रामबहादुर पाण्डे, संचालक निर्गुण प्रसाद भट्टचन प्रमुख, कार्यकारी अधिकृत रमेश सिंह खड्का, स्थानीय बुद्धिजीवीहरु, उद्यमी व्यवसायीहरु, समाजसेवीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

संस्थाले निकट भविष्यमा नेपाल अधिराज्यभर थप शाखाहरु विस्तार गर्ने योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.