माइक्रोम्याक्सको क्यान्भास स्प्राक टु प्रो नेपाली बजारमा, मूल्य ८ हजार रुपैयाँ मात्र

  २०७३ कार्तिक १० गते १८:२९     विकासन्युज

micromaxकाठमाडौं, १० कात्तिक । स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ मोबाइल क्यिू३५१ (क्यान्भास स्प्राक टु प्रो) नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीका अनुसार बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यिू३५१ (क्यान्भास स्प्राक टु प्रो) मा विशेष किसिमको प्रोसेसर रहेको छ । यो १.२ जिगा हर्ज क्वाड–कोर प्रोसेसरद्धारा सञ्चालित छ । १.२ जिगा हर्ज क्वाड–कोर प्रोसेसरद्धारा ले गर्दा यो फोन चलाउन धेरै सजिलो र छिटो छ । यसमा ५.०’’ एफडब्लुभिजिए आइपिएस डिस्प्ले र फोनमा शक्तिशाली २००० एमएएचको व्याट्री रहेको छ ।

८ जिबी रोम रहेको यो फोनमा ५ एमपि हाइ रिजोलुसन अटोफोकस रियर क्यामेराको साथ(साथै सेल्फीका लागि टु एमपि फ्रन्ट क्यामेरा रहेको कम्पनीले जनाएको छ । यसमा ५ एमपि प्राइमरी र २ एमपि फ्रन्ट क्यामेरा जडित हुने हुनाले ग्राहकहरुले कनैपनि बेला लाखौं सुन्दर र उत्कृष्ट तस्विरहरु खिच्न सक्नेछन् । यो स्मार्टफोन एन्ड्रोयडको मार्समल्लो ६.० अपरेटिंग सिस्टममा आधारित रहेको कम्पनीले जनाएको छ ।

micromax1
नेपाली बजारमा उक्त मोबाइलको मूल्य ८ हजार ४१५ रुपैयाँ मात्र रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.