सिद्धार्थ बैंकको ४ बराबर एक कित्ता हकप्रद सेयर आजबाट निष्काशन

  २०७३ कार्तिक ११ गते ११:०७     विकासन्युज

siddhartha_bankकाठमाडौं, ११ कात्तिक । सिद्धार्थ बैंक लिमिटेडको ४ कित्ता बराबर एक कित्ता अनुपातको हकप्रद सेयर कात्तिक ११ अर्थात आजबाट निष्काशन भएको छ । बैंकले लक्ष्मी क्यापिटल मार्फत हकप्रद सेयर निष्काशन गरेको हो ।

सिद्धार्थ बैंकका देशैभरका शाखा कार्यालय तथा सिद्धार्थ क्यापिटल र लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वरबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ । मंसिर १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

हुलाक मार्फत ड्राफ्ट गरेर पठाइएको आवेदन भने ७ दिनपछिसम्म बाँडफाँटमा समावेश गरिनेछ । तीन अर्ब २२ करोड चुक्ता पुँजी रहेको बैंकले ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.