२०७३ कार्तिक ११ गते १३:५३ विकासन्युज
काठमाडौं, ११ कात्तिक । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजको दशैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’मा चित्रबहादुर श्रेष्ठ सातौं विजेता भएका छन् । नविन अटो सेन्टर, नारायणघाटबाट यामाहा रे जी खरिद गरेका उनले अघिल्ला ६ जना विजेताले झैं जापान भ्रमण गर्ने अवसर पाएका छन् ।
गत साता टिकापुरका रतिराम चौधरी विजेता घोषित भएका थिए । उनले जानकी ट्रेडर्स एन्ड सप्लायर्सबाट एसजी आरआर खरिद गरेका थिए । उनीहरुसँगै अघिल्ला विजेताहरु पुकार शर्मा, रवि भोमी, आशिष भुजेल, अरुण फुयाँल र धु्रव प्रसाद बेल्बासेले जापान भ्रमण गर्न जान पाउने भएका छन् ।
एमएडब्लुले दशैंको अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘टेक्नो ट्रिप टु टोकियो’ ल्याएको हो जसअन्तर्गत यामाहाका मोटरसाइकल वा स्कुटर खरिद गर्ने हरेक ग्राहकले आठ हजार रुपैयाँ छुट पाउनुका साथै हरेक साता एक जना भाग्यशालीले जापान भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । उनीहरुले जापानमा यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्नेछन् ।
यो योजना तिहारसम्म जारी रहनेछ । नेपाली बजारको यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजेडआर रेजी लगायतका दुईपांग्रे उपलब्ध छन् ।
यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.