मुखर्जीकोलाई स्वागत गर्न राष्ट्रपति भण्डारी विमानस्थलमै पुग्ने, मुखर्जीको भ्रमण गुडवील

  २०७३ कार्तिक १३ गते ८:१०     विकासन्युज

काठमाडौं १३, कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमै पुगेर स्वागत गर्ने भएकी छन् ।

छिमेकी मित्रराष्ट्र भारतबाट लामो समयपछि हुन लागेको यो भ्रमणलाई उच्च प्राथमिकतामा राखी राष्ट्रपति आफैं विमानस्थल पुगेर स्वागत गर्ने भएकी छिन् ।bidhya_devi_bhandari

शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी भारतीय समकक्षी मुखर्जीको स्वागत र बिदाई दुबैमा विमानस्थलमै पुग्ने कार्यक्रम तय भएको छ । भ्रमणलाई विशेष महत्व दिदैं सरकारकै आग्रहमा राष्ट्रपति भण्डारीले स्वागत र विदाई गर्न लागेको स्रोतले बतायो । राजधानी दैनिकबाट ।

मुखर्जीको भ्रमण गुडवील हुने भारतको भनाइ
भारतले आफ्ना राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ गतेदेखि गर्ने नेपालको तीनदिने राजकीय भ्रमण विशेष गुडविल भ्रमण हुने बताएको छ । मुखर्जीको भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क हेर्ने सुधाकर दलेलाले भ्रमणले दुईपक्षीय सम्बन्धलाई झन् सुदृढ बनाउने बताए । यो खबर आजको कान्तिपुरमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.