२०७३ कार्तिक १३ गते १२:२९ विकासन्युज
चितवन, १३ कात्तिक । भरतपुर उपमहानगरपालिकालाई पहाडी गाविस दाहाखानीसँग जोड्ने उद्देश्यले दाहाखानीस्थित रानीखोलामा सडक पुल निर्माण हुने भएको छ ।
झन्डै एक करोड ७८ लाखको लागतमा निर्माण हुन लागेको स्थानीय सडक पुल कार्यक्रमअन्तर्गत उक्त पुल बन्न लागेको हो । उक्त पुलको सांसद कृष्णभक्त पोखरेलले शिलान्यास गर्दै पुल निर्माणपछि दाहाखानी गाविस र अन्य पहाडी भेगका बासिन्दाले पनि सहज रुपमा यातायात सुविधा पाउनेमा आफू विश्वस्त रहेको बताए ।
विसं २०७४ साउनभित्रमा सक्ने गरी अनिश निर्माण सेवा र लोहनी एन्ड सन्सको सहकार्यमा पुल निर्माण हुन लागेको हो । कुल ३२ दशमलव ४ मि लामो उक्त पुल ५ दशमलब ४५ मिटर चौडाइको हुने स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.