२०७३ कार्तिक १८ गते ८:०० विकासन्युज
काठमाडौं १८, कात्तिक । सरकारले थप १२ वटा नयाँ सहर छनोटको प्रक्रिया थालेको छ । अब हुने नयाँ सहरमध्ये तराई क्षेत्रबाट पूर्वपशिचम जोड्ने हुलाकी राजमार्गमा १० वटा रहने छन् भने प्युठान र सुर्खेतमा एक एक गरी २ वटा हुनुेछन् ।
गत आर्थिक वर्ष ७२ र७३ मा नै नयाँ सहर थप गर्नेसम्बन्धी व्यवस्था गरिएको भए पनि प्यूठान र सुर्खेतमा परामर्शदाता नियुक्त गर्नेबाहेक कुनै काम हुन सकेको भने छैन ।
चालू आवमा भने थप १२ सहरमा रहने ठाउँ निश्चित गर्ने गरी काम भइरहेको नयाँ सहर आयोजनाका कायममुकायम निर्देशक चक्रवर्ती कण्ठले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.