विपद न्युनिकरण सम्मेलनमा भाग लिन प्राधिकरणका सिइओ दिल्लीमा

  २०७३ कार्तिक १८ गते १०:०१     विकासन्युज

sushil_gyawali_1काठमाडौं, १८ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित एसीयाका देशहरुको सम्मेलनमा भाग लिन ज्ञवाली नयाँ दिल्ली गएका हुन् ।

सम्मेलनमा प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धी नेपालले लिएको दिशा र त्यसको कार्यान्वयन अवस्थाबारे प्रस्तुति गर्नेछन् ।

सम्मेलन आगामी शनिबारसम्म चल्नेछ । सम्मेलनमा सहभागी हुने देशका प्रतिनिधिहरुले विपद् जोखिम न्यूनीकरण गर्न भए गरेका विषयमा कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । विपद् जोखिम न्यूनीकरण सम्बन्धी विभिन्न विषयहरुमा गरिने प्रस्तुति र अवधारणमा छलफल भएपछि घोषणापत्र जारी हुनेछ ।

सम्मेलनका अवसरमा प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ज्ञवाली शनिबार नै नेपाल फर्कनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.