बिराटलक्ष्मी विकास बैंकको १९ प्रतिशत लाभांशलाई राष्ट्र बैंकको स्विकृति

  २०७३ कार्तिक १८ गते ११:३३     विकासन्युज

birat_laxmi_bikas_bankकाठमाडौं, १८ कात्तिक । बिराटलक्ष्मी विकास बैंकको १९ प्रतिशत लाभांश दिने निर्णयलाई नेपाल राष्ट्र बैंकले स्विकृति दिएको छ । बिराटलक्ष्मीले लगानी कर्तालाई १८ दशमलब ५० प्रतिशत बोनस सेयर र शुन्य दशमलब ९७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको थियो ।

अब बिराटलक्ष्मी विकास बैंकको साधारण सभाले पारित गरेपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर प्राप्त गर्नेछन् । बैंकको चुक्ता पुँजी ४२ करोड ५३ लाख रुपैँया रहेको छ । बैंकको सेयर प्रति कित्ता ४ सय रुपैंयाँमा कारोबार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.