बजार अनुगमन गर्छन बयान लिनै जान्दैनन् कर्मचारी, प्रतिवेदन र बयानमा स्पष्ट विवरण आउँदैन

  २०७३ कार्तिक १९ गते ७:२९     विकासन्युज

काठमाडौं १९,  कात्तिक । बजार अनुगमनमा खटिएका कर्मचारीहरु आफ्नो जिम्मेवारी पूरा गर्न असक्षम देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ । ती कर्मचारीहरुमा कानुनबमोजिम बयान लिने सीप तथा क्षतासमेत नदेखिएको मन्त्रायलका अधिकारीहरु बताउँछन् ।

अनुगमनबाट बजारमा ठूलो विकृति देखिए पनि अनुगमनमा खटिएका कर्मचारीले कानुनबामोजिम बजार अनुगमनको प्रतिवेदन तयार गर्ने क्षमता नभएको र बयान नलिएको पाइएको छ ।Bazaar-aanugaman

विभागबाट खटिएका अनुगमन टोलीले दैनिक बजार अनुगमन गर्छ । अनुगमनबाट व्यपारीले लेबल नभएका बस्तु म्याद नाघेका तथा अखाद्य वस्तु आदी बेचेको देखिन्छ । तर, प्रतिवेदन र बयानमा त्यसबारेमा स्पष्ट विवरण आउँदैनन् ।

‘अनुगमन अधिकृतले बजारमा कालोबजारी भएको प्रतिवेदन बनाउँछ, त्यसमा कति मूल्य हुनुपर्ने र कति मूल्यमा व्यापारीले बिक्री गरिरेहका छन् भन्ने विषय उल्लेख गर्दैनन् ‘ आपूर्ति मन्त्रालयका उच्च अधिकारीले भने । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.