काठमाडौं उपत्यका लोडसेडिङ मुक्त, लुकाइएको बिजुली बाड्दा तत्काललाई लोडसेडिङ हट्यो

  २०७३ कार्तिक २२ गते ७:३४     विकासन्युज

काठमाडौं २२, कात्तिक । विद्युत् प्राधिकरणको जिम्मेवार तहमा रहेका केही अधिकारीले लुकाएर वितरण गरेकोु बिजुली लोडसेडिङको दायरामा ल्याई सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख स्थानमा लोडसेडिङ तत्कालका लागि हटेको छ ।bulb_light_nepal

काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपूर्ति कटौती हुँदै आएकोमा त्यसलाई व्यवस्थित गरिएकाले लोडसेडिङ कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

हामीले समानुपातिक रूपमा बिजुली आपूर्ति गरेका मात्र हौं, घिसिङले भने, भाँडोमा भएको वस्तुलाई बराबरी बाँड्दा लोडसेडिङ हालका लागि हट्यो ।

प्राधिकरणको भारप्रेषण केन्द्रले बिजुलीको स्रोत कमी भएको भन्दै केही ठूला उद्योगलाई लोडसेडिङ नहुने गरी अनियमित रूपमा बिजुली आपूर्ति गर्दै आएको थियो ।

घिसिङले अनवरत बिजुली पाउने उद्योगको नाम नलिईकन व्यवस्थापन मात्र गरिएको बताए । तर प्राधिकरणका एकजना इलेक्ट्रिकल इन्जिनियरका अनुसार केन्द्रका केही कर्मचारीले अदृश्य र अनियमित रूपमा बिजुली वितरण गर्दै आएकोमा तिनलाई धमाधम लोडसेडिङको दायरामा ल्याउने कार्य भइरहेको बताए । अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.