२०७३ कार्तिक २२ गते १६:४० विकासन्युज
काठमाडौं, २२ कात्तिक । जिल्ला वन कार्यालय काठमाडौंले भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउन नसक्ने भएको छ । कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले काठमाडौंमा वनको मात्रा कम हुँदा भूकम्पपीडित जनतालाई काठ उपलब्ध गराउन नसकिएको बताए । काठमाडौं जिल्लामा वनको क्षेत्रफल १५ हजार २७९ हेक्टर रहेको छ ।
उनले भने–“काठमाडौंमा सालको जङ्गल छैन, चिलाउने र कटुसको हो, त्यही पनि काठ बन्ने खालको छैन ।” राम्रो काठ उत्पादनका लागि ३६ इञ्चभन्दा बढी गोलाइ तथा १५ फिटभन्दा अग्लो रुख राम्रो हुन्छ । तर काठमाडौंको वनको काठ पोल (सानो) साइजको रहेको छ । काठमाडौँमा हाल १४३ सामुदायिक वन रहेको छ ।
काठमाडौंको पुनःनिर्माणका लागि करिब ४० हजार क्यूफिट काठ चाहिने कार्यालयले जनाएको छ । काठमाडौंमा चाहिने काठ तराईका विभिन्न जिल्लाबाट झिकाउने तयारीसमेत भएको प्रवक्ता दाहालले बताए । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.