२०७३ कार्तिक २३ गते १६:२७ विकासन्युज
काठमाडौं, २३ कात्तिक । कोकाकोला कम्पनीले ‘कोका–कोला जिरो’ नामको पेय पदार्थ नेपाली बजारमा भित्र्याएको छ । विश्वका १५० भन्दा बढी मुलुकमा विक्रि वितरण गरिंदै आएको ‘कोका–कोला जिरो’ नेपालमा भने पहिलो पटक सार्वजनिक गरिएको हो । जिरो सुगर नाम दिइएको कोक जिरोमा स्वादको लागि कोकाकोलाको जस्तै विषेशता रहेको कम्पनीले दावी गरेको छ । कोक जिरोलाई नेपालको १५ वटा प्रमुख सहरहरुमा केन्द्रीत गरी विक्रि वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।
कोक जिरो सार्वजनीक कार्यक्रममा बि.आइ.जीका क्षेत्रिय निर्देशक टि.कृष्णकुमारले भने–‘हामी नेपालमा भएको हाम्रो ब्यवसायको दिर्घकालिन भविष्यका लागि निकै आशावादी छौं । सार्क राष्ट्रमा नेपाल हाम्रो प्रमुख बजार पनि हो । र हामीले नेपालमा कोक जिरो उत्पादन गर्नको लागि नेपालमै पूर्वाधार निर्माण गरेका छौं ।’
त्यस्तै कार्यक्रममा उपस्थित कोका–कोला इन्डियाका अध्यक्ष वेङ्कटेश किनिले पनि कोक जिरो सार्वजनिक भएसँगै तिन किसिमका कोकाकोलाको संस्करण नेपाली उपभोक्ताले प्रयोग गर्न सक्ने बताए । उनले भने–‘हामीले नेपाली बजारमा रातो, कालो, र खरानी कलरको ब्राण्डका कोकाकोला उपलब्ध गराएका छौं । सवैखाले उपभोक्ताको चाहना पुरा गर्न पाउँदा खुसी छौं ।’ किनिका अनुसार जब उपभोक्तालाई सुगर भेरिएन्ट आवश्यक पर्छ उनिहरुले रातो रंगको कोकाकोला जस्तै स्वाद भएको कोक जिरो सुगर प्रयोग गर्न सक्नेछन् ।
कोक जिरो सार्वजनीक कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुमा नायिका प्रियंका कार्की, गायिका इन्दिरा जोशी र गायक सविन राईकोसमेत उपस्थिती थियो । उनिहरुले जिरो कोकको प्रसंसा गर्दै नेपालमा कोक जिरो सार्वजनीक भएकोमा खुसी ब्यक्त गरे ।
कोका–कोला जिरो नामबाट प्रख्यात यो उत्पादन २० विलियन डलर आम्दानी भएको कोकाकोला कम्पनीको विलियन डलर क्लवमा सवैभन्दा छिटो समावेस हुने ब्राण्डको रुपमा रहेको कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.