साइन रेसुङगाको नाफा ४७ प्रतिशतले बढ्यो, तीन महिनाको नाफा ६ करोड

  २०७३ कार्तिक २४ गते १०:५४     विकासन्युज

shaine_resunga_devकाठमाडौं, २४ कात्तिक । साइन रेसुङगा डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६ करोड ७८ लाख रुपैंयाँ नाफा कमाएको छ ।यो नाफा गत आवको सोही अवधिको तुलनामा करीब ४७ प्रतिशतले बढेको छ ।

यो नाफा बैंकले अघिल्लो आवको सोही अवधिमा कमाएको भन्दा २ करोड १६ लाखले बढि हो । गत आवको पहिलो त्रैमासमा बैंकले ४ करोड ६२ लाख नाफा कमाएको थियो ।

पहिलो तीन महिनामा साइन रेसुङगाले ९ अर्ब ५ करोड निक्षेप संकलन गरेर ८ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ । एक अर्ब १० करोड चुक्ता पुँजी रहेको बैंकको २६ करोड २९ लाख रुपैयाँ जगेडा कोषमा रहेको छ ।

व्याज आम्दानीबाट मात्र १३ करोड रुपैयाँ कमाएको यो बैंकको निष्कृय कर्जा शून्य दशमलव २४ प्रतिशत रहेको छ । यो बैंकको सीडी रेसियो ७७ दशलवल १२ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी २४ रुपैयाँ रहेको यो बैंकको प्रति सेयर न्युनतम ४१७ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.