“ओप्पो विङ्गो अफर” योजनाको विजेतालाई ४२ ईञ्चको टीभी

  २०७३ कार्तिक २४ गते १७:०७     विकासन्युज

काठमाडौं, २४ कात्तिक । उत्कृष्ट क्यामेराका लागि विशेष लोकप्रिय स्मार्टफोन कम्पनी ओप्पोले आफ्नो दशैँ–तिहार लक्षित “ओप्पो विङ्गो अफर” योजनाको विजेता छनोट गरेको छ । मङ्गलवार, काठमाडौंको ताम्राकार कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी सर्वसाधारण माझ प्रत्यक्ष गोलाप्रथा मार्फत कम्पनीले विजेता छनोट गरेको हो ।

oppo_lucky_draw_pic_2

कम्पनीको “ओप्पो विङ्गो अफर” योजना अन्तर्गत गोलाप्रथा मार्फत पहिलो पुरस्कारको विजेताका रुपमा जय प्रकाश (कुपन नं २३५३) र सुजाता मगर (कपन नं ३४३३) घोषित भएका छन् । तिनले कम्पनीको तर्फबाट १–१ थान स्काइवर्थ ब्राण्डको ४२ ईञ्च टीभी जितेका छन् ।

त्यसैगरी, कुपन नं. २४५१, १०९८, १३४०, ३७२७ र १०८३ रहेका ग्राहकले १–१ थान “ओप्पो एफ वान एस” स्मार्टफोन जितेका छन् । योजना अन्तर्गत १० जना “ओप्पो नियो सेवेन” स्मार्टफोन विजेताकोपनि घोषणा गरिएको छ । कम्पनीका अनुसार कुपन नं १३३४, ३९७९, ११५२, ११२९, २५६८, २६२२, १०३५, ११७४, २६८१ र १३१५ रहेका ग्राहकले नियो सेवेन स्मार्टफोन जितेका छन् ।

कम्पनीद्वारा अक्टोवर १ देखि नोवेम्वर १ सम्म योजना सञ्चालन गरिएको थियो । लक्कि ड्र मार्फत छनोट भएका विजेतालाई एक विशेष कार्यक्रम मार्फत पुरस्कार हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.