रुरल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने, पूँजी ६९ करोड रुपैयाँ पुग्ने

  २०७३ कार्तिक २४ गते १७:१७     विकासन्युज

rmdcकाठमाडौं, २४ कात्तिक । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो ।

उक्त निर्णय कम्पनीको कात्तिक २४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा फाइनान्सको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्दछ ।

हाल कम्पनीको चुक्ता पूँजी ६२ करोड ९२ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ६९ करोड २१ लाख रुपैयाँ पुग्ने छ । बुधबार फाइनान्सको प्रतिकित्ता सेयर करिब ८४३ रुपैयाँमा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.