स्वावलम्बन लघुवित्तले ५३ प्रतिशत लाभांश दिने, पूँजी ४१ करोड रुपैयाँ पुग्ने

  २०७३ कार्तिक २५ गते १५:०५     विकासन्युज

slbblकाठमाडौं, २५ कात्तिक । स्वावलम्बन लघुवित्त विकास बैंकले सेयरधनीलाइै ५२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३४ प्रतिशत बोनस र कर प्रयोजनको लागि १९ दशमलब ६८४२ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो ।

उक्त निर्णय बैंकको कात्तिक २४ गते बसेको २५८औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पूँजी ३१ करोड १९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ४१ करोड ८० लाख रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर करिब २ हजार ५७० रुपैयाँमा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.