२०७३ कार्तिक २६ गते १३:०० विकासन्युज
काठमाडौं, २५ कात्तिक । नेपालमै पहिलो पटक उत्पादित गोरखा इको प्यानलको उत्पादनकर्ता इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रा.लिले आईएसओ ९००१स् २०१५ चिन्ह प्राप्त गरेको छ । स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेशन वाल (गाह्रो) तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामाग्रीको उत्पादन गरिरहेको इको प्यानलले आईएसओ चिन्ह प्राप्त गर्न सफल भएको हो ।
कम्पनीका अनुसार गोरखा इको प्यानल स्वदेशी प्रिफ्याव्रिकेटेट इको प्यानल हो । यसले कुनै पनि निर्माणमा आवश्यक पर्ने वाहिरी गाह्रो र भित्री गाह्रो उत्पादन गर्दै आएको छ । यो परम्परागत निर्माण सामाग्री भन्दा हलुका, चाँंडो जडान गर्न मिल्ने, वातावरण मैत्री, थर्मल इन्स्युलेसन, साउण्ड इन्स्युलेशन, वाटर प्रुफ तथा फायर प्रुफ रहेको छ । यसका उत्पादन हलुका रहेकाले यो भूकम्प प्रतिरोधी समेत छ ।
इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रालिले बहराइनस्थित अलखाजा कम्पनी लिमिटेडसँगको संयुक्त लगानीमा सन् २०१४ देखि गोरखा इको प्यानल उत्पादन गर्दै आएको छ । यसले दुई इन्चदेखि नौ इन्च मोटाइसम्मको इको प्यानल उत्पादन गर्दै आएको छ । चौडाई दुईफिट र लम्वाई साढे सात फिटको इको प्यानल जडानमा छिटोछरिटो र मजबुद रहेको कम्पनीको दावी छ । यसका उत्पादन अस्थायी निर्माणमा मात्रै नभई स्थायी आवासीय घर तथा मल्टिकम्प्लेक्समा पनि प्रयोग हुँंदै आएको छ । भक्तपुरमा कारखाना रहेको यसको उत्पादन देशैभरि ठाउँंठाउँंमा रहेको डिलर्समार्फत उपलव्ध छ । हालसम्म काठमाडौं, भक्तपुर, ललितपुरलगायत उपत्यका बाहिरका विराटनगर, इटहरी, हेटौडा, चितवन, पोखरा, दाङ्ग, धनगढीमा यसका डिलर्सहरु रहेका छन् ।
गोरखा इको प्यानल दुई साइडमा ननएस्वेष्टस् क्याल्सियम सिल्केट वोर्ड र भित्र सिमेन्ट, वालुवा, थर्माेकोल र विशेष प्रकारको एडिटिवको मिश्रणबाट निमार्ण हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले जनाए । उनका अनुसार यसको जोडाईमा कुनै पनि च्यानलको प्रयोग हुँंदैन । त्यसैले यसको एस्थेटिक भ्यालू राम्रो हुन्छ । टंग एण्ड ग्रुभयुक्त प्यानलको जडान एडिसिभ सिमेन्ट र पियूफोमदारा गरिन्छ । यसको जडान मजबुद हुन्छ । यो वातावरणमैत्री छ । यसमा सजिलै विद्युतयि उपकरण जडान गर्न कन्सिल वायरिंग तथा बाथरुमको टायलहरु जडान गर्न सकिन्छ ।
सीईओ दुवालका अनुसार यो उत्पादन गर्दा वातावरणलाई प्रतिकुल हुने कुनै पनि प्रकारको उर्जाको प्रयोग हुँंदैन । यो अरु परम्परागत गाह्रो भन्दा १५ देखि २० प्रतिशतसम्म सस्तो पनि छ । भारतलगायत अन्य मुलुकबाट आयातित प्रिफ्याब भन्दा गोरखा इको प्यानल गुणस्तरयुक्त र मजबुद रहेको कम्पनीको दावी छ ।
सुरुमा ५० प्रतिशत बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात गरी निर्माण थालेको कम्पनीले पुल्चोक इन्जिनियरिंग क्याम्पससँंगको सहरिसर्चमा हाल १० प्रतिशतमात्रै आयातित कच्चा पदार्थ प्रयोग गरी गोरखा इको प्यानल वनाउन सफल भएको छ । प्रिफ्याव भन्नेवितिकै कमसल तथा अस्थायी संरचनामा मात्रै हो भन्ने आम मानिसको बुझाई छ । यो भ्रमलाई चिर्दै गोरखा इको प्यानलको प्रयोग देशको बिभिन्न भागमा आवासयी घर, व्यापारिक भबन, मल्टिकम्प्लेक्स, हस्पिटललगायतमा प्रयोग हुँंदै आएको छ । वढ्दो मागलाई ध्यान दिंदै कम्पनीले निकट भविप्यमै देशका विभिन्न भागमा फयाक्टी विस्तार गर्ने योजना राखेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.