लघुवित्तको स्प्रेडदरमा पुनर्विचार हुदैनः गभर्नर

  २०७३ कार्तिक २८ गते ११:४१     विकासन्युज

काठमाडौँ ,२८ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले लघुवित्तका लागि निर्धारण गरिएको स्प्रेड दरसम्बन्धी व्यवस्थामा पुनर्विचार नहुने बताएका छन् । भैरहवास्थित नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा आयोजित वित्तिय साक्षता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले लघुवित्तका लागि कायम गरिएको स्पेडदर गम्भीर अध्ययनपछि निर्णय गरिएकोले पुनर्विचार नहुने स्पष्ट पारेका हुन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३÷७४ कावे मौद्रिक नीति मार्फत लघुवित्तको स्प्रेडदर ७ प्रतिशत भन्दा नवढ्ने गरी कायम गरेको थियो । सोही कार्यक्रममा गभर्नर नेपालले वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) कसैको स्वार्थअनुकुल पारित हुन नहुने बताए । त्यससम्बन्धी कुरा आफुले संसदको अर्थ समितिमा पनि पटक–पटक उठाएको उनको भनाई थियो ।

बैंक तथा वित्तीय संस्थामा अध्यक्ष र सञ्चालकको कार्यकालबारे मस्यौदा राष्ट्र बैंकले लामो छलफल र अध्ययनपछि तयार गरेकाले त्यसलाई परिमार्जन गर्न नहुनेतर्फ उनको जोड थियो । कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.