२०७३ कार्तिक २८ गते १४:३८ विकासन्युज
काठमाडौं, २८ कात्तिक । विश्व बजारमा सुनको भाउ ओरालो लागेको छ । विश्वकै शक्तिशाली अमेरिककाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि सुनको मुल्यमा ओरालो लाग्न थालेको हो । ट्रम्प निर्बाचित भएकै दिन नेपाली बजारमा एक्कासि १३ सय रुपैयाँले उकालो लागेको सुन भोलिपल्ट एकैदिन १४ सय रुपैयाँले ओरालो लागेको थियो ।
त्यसपछि निरन्तर ओरालो लागेको सुनको मुल्य आइतबार पनि पनि ओरालो लागेको छ । यसदिन सुन प्रतितोला ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सुरक्षित लगानीको ग्यारेन्टी नभएकाले लगानीकर्ताहरु सुनतर्फको लगानीमा त्यत्ति आकर्षित नभएका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प निर्माचित भएपछि सुनको मुल्य उकालो लाग्ने विष्लेषकहरुले दावी गरेका थिए । तर सो दावीलाई असत्य सावित गर्दै सुनको मुल्यमा गिरावट आएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १२ सय ५० भन्दा तल नझर्ने धेरैको अनुमान थियो । तर शुक्रबारको अन्तिम कारोबार मूल्य प्रति औंस १२ सय २८ अमेरिकी डलरमा झरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमले सुनको मुल्य आगामी नोभेम्बर १५ सम्ममा एक हजार दुई सय अमेरिकी डलर सम्म पुग्ने अनुमान गरेका छन् । त्यसरी हेर्दा नेपालमा मंगलबार सम्म सनुको भाउ ५४हजार सम्ममा पुग्ने छ । नेपाल सुनचादी व्यवसायी संघका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा ५६ हजार चार सय रुपैयाँ सम्म पुगेको सुनको भाउ आइतबार ५५ हजार पाँच सय रुपैयाँ पुगेको छ ।
ट्रम्पले दीर्घकालिन नाफामूलक कारोबारमा रोक लगाउने देखिएपछि विश्वमा लगानीकर्ताहरुले आफ्ना सम्पति बिक्री गर्न थालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतले एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएकोले पनि सुनको मुल्यमा गिरावट आएको अनुमान विष्लेषकहरुले गरेका छन् । उनीहरुका अनुसार भारतमा सवैभन्दा बढी सुनको खपत हुने गरेको छ । आर्थिक अस्थिरता बढ्दै गएपछि लगानीकर्ताले सुनमा लगानी गर्ने गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.