आम्रपाली बायोटेकको मम्स ब्राण्डका नयाँ प्रडक्ट नेपाली बजारमा

  २०७३ कार्तिक २८ गते १५:०७     विकासन्युज

momsकाठमाडौं, २८ कात्तिक । नेपाली बजारमा ८ वर्षदेखि बिक्रीवितरण भइरहेको भारतीय कम्पनी आम्रपाली बायोटेक इन्डिया प्रालिले मम्सका नयाँ ब्रेकफास्ट प्रडक्ट नेपाली बजारमा भित्र्याएको छ । राजधानीमा बिशेष कार्यक्रमको आयोजना गर्दै कम्पनीले मम्सका नयाँ प्रडक्ट चोकोफ्लेक्स, चोकोफिल्स, मुसली र पोरिज सार्वजनिक गरेको हो ।

आम्रापाली बायोटेक इन्डियाका चेयरमेन डाक्टर अनिल कुमार शर्मा, निर्देशकद्धय रितिक सिन्हा र डाक्टर स्वप्निल शिखा तथा सेल्स एण्ड मार्केटिक प्रमुख उपाध्यक्ष प्रभात कुमार सिंहले नयाँ प्रडक्टको संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

प्रडक्ट लञ्च कार्यक्रममार्फत् नयाँ प्रडक्टको बिक्री वितरणसमेत शुरु गरिएको जानकारी दिइएको हो । मम्सका अचार, जाम, कर्नफ्लेक्स, जुस, सस्लगायतका ७२ भन्दा बढी प्रडक्टको कारोबार भइरहेको छ । मम्स कम्पनीका उत्पादन नेपाली बजारमा निक्सोन एक्सपोर्ट इम्पोर्ट प्रालि, सन्तोष भेराइटीज र प्रथम ट्रेड लाइन प्रालिले बिक्रीवितरण गरिरहेका छन् ।

भारतमा फुड प्रडक्टमा सबैभन्दा धेरै कारोबार गरिरहेको आम्रपाली ग्रुपले भुटान, बंगलादेश र मिडिलइस्टका बिभिन्न देशमा आफ्ना उत्पादन बिक्रीवितरण गरिरहेको छ । निकट भविष्यमा नेपालमै प्लान्ट राखेर उत्पादन गर्ने लक्ष्य मम्स ब्राण्डले लिएको छ । नेपालमा उत्पादन गरेर भारतका बिहार लगायतका प्रान्तमा कारोबार गर्ने लक्ष्य लिएको आम्रपाली ग्रुपका नेपालस्थित कन्ट्री हेड जनक ओलीले जानकारी दिए ।

ब्राण्ड एम्बासडरको रुपमा भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिं धोनी रहेको मम्सका उत्पादनहरु नेपालका सबै जनरल स्टोर र सुपरस्टोरहरुमा उपलब्ध छन् । आम्रापाली बायोटेक इन्डियाका चेयरमेन डा. अनिल कुमार शर्माले नेपालसँग आफ्नो सम्बन्ध बिबिध कारणले नजिक भएकै कारण भारतमा भन्दा पहिले नेपालबाट आफ्नो प्रडक्ट लंच गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.