मेगा बैंकले तीन महिनामा कमायो १४ करोड, गत वर्षको तुलनामा ७४ प्रतिशतले नाफा बढ्यो

  २०७३ कार्तिक २९ गते ९:१९     विकासन्युज

काठमाडौं २९, कात्तिक । मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १४ करोड ६९ लाख रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७४ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो तीन महिनामा यो बैंकको यस्तो नाफा ८ करोड ४३ लाख रुपैयाँ मात्रै थियो । Mega-Bank_logo

यो बैंकले कर र बोनस अगाडिको नाफा भने २३ करोड रुपैयाँ रहेको थियो । बैंकले ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३१ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुत्ता पूँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ । संचित कोषमा १ अर्ब ११ करोड रुपैयाँ राखेको छ ।

मेगा बैंकको खराब कर्जाको अनुपात १ दशमलव ०८ प्रतिशत रहेको छ । यो खराब कर्जाको अनुपान गत वर्ष १ दशमलव ६० प्रतिशत रहेको थियो । बैंको कर्जा निक्षेप अनुपात ७९ दशमलव १४ प्रतिशत रहेको छ ।

यो अनुपात गत वर्ष ७४ दशमलव ६३ प्रतिशत रहेको थियो । यो बैंकको प्रतिशेयर आम्दानी चालू आवको प्रथम त्रैमाससम्को ४ रुपैयाँ ५३ पैसा रहेको छ भने एक वर्षको प्रति सेयर आम्दानी भने १७ रुपैयाँ ८० पैसा रहेको छ । मोगाको प्रतिशेयर बजारमा ४ सय ९९ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.