राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर भित्र्यायाे, २३ लाख रूपैयाँ खर्च

  २०७३ कार्तिक २९ गते ११:२४     विकासन्युज

कात्तिक, २९ काठमाडौं । नेपाल राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर भित्र्याएकाे छ । सोमबार सिंगापुरको सिल्क एयरबाट साे रकम काठमाडाैं भित्र्याएकाे राष्ट्र बैंकले जनाएकाे छ । सिल्क एयरको बोइङ वि ७३८ जहाज मार्फत बैंकले एक करोड अमेरीकी डलर नेपाल भित्र्याएको हो । dollarडलर बोकेको जहाज सोमबार मध्याह्न १२ बजेर १३ मिनेट जादा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । बजारमा डलरको अभाव देखिएपछि राष्ट्र बैंकले दशैअघि नै सिंगापुरबाट डलर ल्याउने निर्णय गरेको थियो ।

सिंगापुरको सिआइएम बैंकमा राष्ट्र बैंकको आफ्नै खाता रहेको छ । सोही खाताबाट एक करोड डलर ल्याउन लागिएको राष्ट्र बैंकका सहप्रबक्ता राजेन्द्र पण्डितले विकासन्युजलाई जानकारी दिए ।  पण्डितका अनुसार डलर ल्याउँदा करिव २३ लाख रुपैयाँ बराबर खर्च भएकाे छ ।

पण्डितका अनुसार हाल विभिन्न २५ वटा देशका बैकहरूमा रहेका राष्ट्र बैंककाे खातामा करिब १० अर्ब ३५ करोड रुपैयाँको हाराहारीमा डलर मौज्दात छ । उक्त रकम अावश्यकता अनुसार राष्ट्र बैंकले नेपाल ल्याउन सक्ने उनले बताए ।

“नेपालकाे बजारमा डलर भएपनि लुकाउने प्रबृत्तिका कारण अहिले डलर अभाव देखिएको हो” पण्डितले बताए ।  नेपालकाे वैदेशिक व्यापार घाटा बढ्दै गएकाे, रेमिट्यान्स भित्र्तने क्रममा गिरावट देखिएका, पर्यटक अागमन कम भएकाेले पनि राज्यकाे ढुकुटीमा विदेशी मुद्रा कम हुँदै गएकाे छ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले एटिएमबाट नेपालीकाे खातामा रहेकाे पैसा चाेरी हुने र त्याे रकम बैंक तथा मनि एक्स्चेनञ्ज काउन्टरमा सटही गरी डलर चाेरी हुने गरेकाे  र हुण्डीकाे प्रयाेग बढेकाेले डलर अभावकाे समस्या बढेकाे बताएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.