विद्यालयका लागि दुई लाख रुपैयाँ सहयोग

  २०७३ मंसिर २ गते ११:२८     विकासन्युज

पाल्पा, २ मङ्सिर । रामपुर नगरपालिका–८ सानीअमराईमा रहेको बालकल्याण प्राथमिक विद्यालयका लागि दुई लाख रुपैयाँ आर्थिक रकम सहयोग प्राप्त भएको छ । विद्यालयको स्तरोन्नतिका लागि जापानी नागरिक ताकासी होन्डाले दुई लाख रुपैयाँ सहयोग गरेका हुन् ।
शैक्षिक तथा भौतिक विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको सहयोगदाता होन्डाले बताए ।
सो रकम विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक क्षेत्रमा खर्च गरिने विद्यालयका शिक्षक नारायणप्रसाद खनालले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.