पाँच वर्षसम्म सेयरधनी लाभांस लिन नआए उनीहरुले पाउने रकम लगानीकर्ता संरक्षण कोषमा जाने

  २०७३ मंसिर २ गते १६:४४     विकासन्युज

काठमाडौँ । कुनै पनि कम्पनीमा पाँच वर्षसम्म लाभांस लिन सेयरधनी लगानीकर्ता नआए उनीहरुको पाउने रकम कम्पनी रजिष्टार्डको कार्यालय अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएको छ । कम्पनी राजिष्टारको कार्यालयले विहिबार सर्वाजनिक सुचना प्रकाशित गरी नेप्सेमा सुचिकृत कम्पनीहरुलाई सो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको छ ।
लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधी २०७३ पारित भइ उक्त कोष स्थापना भएको हो । यसअघि पाँचवर्ष सम्म सेयरधनीले लाभांस नलिएमा कम्पनीले राख्ने गरेको थियो । अव भने कम्पनी रजिष्ट्रारको कार्यालय अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने छ । नेप्सेमा सूचिकृत सबै कम्पनीले कुनै लगानीकर्ताले पाँच बर्षभन्दा बढि समयदेखि लाभांश नलिएको भए एक महिनाभित्र कोषमा जम्मा गर्नुपर्नेछ ।
कोहि लगानीकर्ताले कम्पनीको सेयर हाल्दा फिर्ता भएको रकम समेत पाँच बर्षसम्म लिन नआएको भए कोषमा जम्मा गर्नुपर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.