२०७३ मंसिर ३ गते ९:५९ विकासन्युज
काठमाडौं ३, मंसिर । सेवा विकास बैंकले ५१ लाख ६ हजार ६६२ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ । यो बैंकले यही मंसिर २३ गतेबाट निष्कासन खुला गरेको एक सय अंकित रुपैयाँका एक सयेर बराबार १ दशमलव २ को अनुपातमा सेयर निस्कासन गरेको छ ।
यो बैंकले ४२ करोड ५५ लाख ५५ हजार दुई सय को चुक्ता पँुजीमा १२० प्रतिशत हकप्रद सेयर जारी गर्ने सुचना सार्वजनिक गरेको छ । आगामी पुस २७ गतेसम्म यसको हकप्रद सेयरको आवेदन दिन पाइने छ ।
यो बैंकको गत असोज १९ गतेसम्मका सेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउने छ । यो बैंकको सेयर विक्री प्रवन्धक एनएमबी क्यापटिल लिमिटेड हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.