२०७३ मंसिर ५ गते ९:३५ विकासन्युज
काठमाडौं ५, मंसिर । वेष्टर्नडेभलपमेन्ट बैंक लिमिटेडले प्रति साधारण सेयर एक सय रुपैयाँ अंकित दरका १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
यो बैंकले यही मंसिर २२ गतेबाट खुला गरेको सेयर निष्कासन भने आगामी पुस २६ गतेसम्म आवेदन दिन पाइने जानकारी दिएको छ । यो बैंकको हाल कायम रहेको १५ करोड ६९ लाख ६० हजारको चुक्ता पूँजीमा त्यति नै पूँजी बढाउने गरी सत् प्रतिशतको हकप्रद सेयर निष्कासन गरेको छ । बैंकले एक सेयर बराबर एक (१ः१)को अनुपातमा एक सय रुपैयाँ अंकित १५ लाख कित्ता हकप्रद दिने भएको छ ।
यो बैंकको हकप्रद सेयरको आवदेन दिन भने गत कात्तिक १ गतेसम्म सेयर कारोबार गरेका सेयरधनीले मात्रै पाउँने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.