२०७३ मंसिर ७ गते ११:४८ विकासन्युज
काठमाडौं । कृषि विकास बैंकको हकप्रद भर्ने म्याद मंगलबार सकिदै छ । बैंकले आफ्ना लगानीकर्ताहरुको लागि ५० प्रतिशत हकप्रद जारी गरेको थियो । सो हकप्रदको म्याद मंगलबार कार्यालय समयपछि सकिने बैंकले जनाएको छ ।
हकप्रद सेयर कात्तिक ३ गतेदेखि खुल्ला गरिएको थियो । बैंकले १ अर्ब ९६ करोड ८८ लाख रुपैंया बराबरको हकप्रद सेयर निष्काशन गरेको थियो ।
चुक्ता पूँजी ८ अर्ब रुपैंया बनाउने क्रममा ५० प्रतिशत हकप्रद पश्चात २० प्रतिशत बोनस बितरण गर्ने पूँजी योजना राष्ट्र बैंकमा बुझाएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैंया खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४२ करोड रुपैंया खुद नाफा गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.