बोटलर्स नेपालले प्रतिशेयर २५ रुपैयाँ नगद लाभांस दिने, मंसिर २६ गतेभित्र सेयर किनि सक्नुपर्ने

  २०७३ मंसिर १२ गते १२:०७     विकासन्युज

bottlers_nepal_teraiकाठमाडौं, १२ मंसिर । बोटलर्स नेपाल (तराई) लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको गत विहिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले प्रतिकित्ता बराबर २५ रुपैयाँका दरले नगद लाभांस दिने बताएको छ ।

कम्पनीको सोही सञ्चालक समितिको बैठकले मंसिर २६ देखि पुस ११ गतेसम्म सेयरधनी दर्ता किताव बन्द गर्ने निर्णय पनि गरेको छ ।कम्पनीले सेयरधनी दर्ता पुस्तिका साधारणसभा प्रयोजनार्थ बन्द गर्न लागेको जनाएको छ ।

लगानीकर्ताहरुले यस कम्पनीको सेयर किन्न चाहेमा यही मंसिर २६ गतेभित्र किनिसक्नुपर्ने छ । यस्तै कम्पनीको व्यवस्थापक आनन्द रत्नपार्खीले नोभेम्वर १० देखि कम्पनी छोडेको पनि जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.