भृकुटीमण्डपमा देश चिनाउने उत्पादन (फोटोफिचर सहित)

  २०७३ मंसिर १३ गते १५:४०     विकासन्युज

काठमाडौं, १३ मंसिर । नेपाल हस्तकला महासंघले आयोजना गरेको व्यापार मेलाको तेश्रो दिन सोमबार करिब ३० हजार अवलोकन कर्ताले मेलाको अवलोकन गरेका छन् । उक्त मेलामा सोमबार मात्रै करिब १ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएका छन् । उक्त मेला वाणिज्य मन्त्रालय तथा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा भृकुटीमण्डपमा आयोजना गरिएको छ ।

gharelu

आयोजकका अनुसार मेलाको पहिलो दिन ५० हजार जना अबलोकन गरेका थिए भने दोश्रो दिन आइतबार करिब ३० हजार अवलोकन कर्ताले मेलाको अवलोकन गरेका थिए । तीन दिनमा १ लाखभन्दा बढीले मेला अबलोकन गरेको आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले बताए ।

bisnu-hari-garire1

मेलामा ७ वटा पेभिलियनसहित १ सय ७८ वटा स्टल छन् । बंगलादेश, पाकिस्तान, चीनको स्वसासित क्षेत्र तिव्वत र भुटानका प्रदर्शनकर्ताहरुले समेत मेलामा भाग लिई रहेका छन् । मेलामा आइतबार नेवा डे मनाईएको छ । यसमा प्रतिभा समूह नकबहिल ललितपुरद्वारा नेवारी संस्कृति झल्किने डाफा भजन, नौ बाजा, अष्टमातृका नाच र धिमे नाच प्रस्तुत गरिएको थियो । मेलाको चौंथो दिन सोमबार तराई दिवस मनाईएको थियो  ।  यसमा थारु संस्कृतिअनुसारको कार्यकमहरु प्रस्तुति गरिएको संयोजक उपाध्यायले बताए ।

gharelu1

मेलाको तेश्रो दिन बाणिज्य सचिव ईन्द्रप्रसाद उपाध्याय, नेपाल स्थित चिनीया राजदुतावासका अधिकृतहरु, तिब्बेत विश्वविद्यालयका प्राध्यापकहरु, स्वीडेनका व्यापारीलगायतले मेलाको अवलोकन गरेका थिए । व्यापार मेलाकै अवसरमा आयोजना भएको १२ औं हस्तकला प्रतियोगितामा यस पटक धातुपत्रकला र उनी बुनाई विधामा प्रतियोगीहरुले प्रदर्शनी स्थलमा बसेर आफ्नो कला प्रदर्शन गरेका थिए । उक्त प्रतिस्पर्धा अवलोकन गर्नेहरुको पनि ठूलो भीड लागेको थियो ।

img_1294

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.