हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाले दुई नयाँ स्काभेटर नेपाली बजारमा भित्र्यायो

  २०७३ मंसिर १५ गते १०:३१     विकासन्युज

काठमाडौं, १५ मंसिर । हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाले नेपाली बजारमा दुईवटा नयाँ स्काभेटर ल्याएको छ । कम्पनीले आर ३४० एल सी –७ र आर ३९० एल सी –९ स्काभेटर बजारमा ल्याएको हो ।  hundai

मंगलबार पत्रकार सम्मेलन गरी ति दुई नयाँ उपकरणको बारेमा कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा कम्पनीका सेल्स एण्ड मार्केटिङ महाप्रबन्धक सी एच क्वाकले नेपाल हुन्डाइको लागि महत्वपूर्ण बजार रहेको बताएका छन् । कम्पनीले नेपाली निर्माण क्षेत्रमा हुन्डाईका उपकरणको बजार हिस्सा ३० प्रतिशत रहेको जानकारी दिएको छ ।
नेपालका जलविद्युत आयोजना, सडक, पूर्वाधार लगायतका विकास परियोजनामा आफ्नो कम्पनीका उपकरण प्रयोग भैरहेको कम्पनीले दावी गरेको छ । आगामी ३÷४ बर्षमा २० प्रतिशतले नेपालमा कन्सट्रक्सन उपकरणको बजार बढ्ने अपेक्षा कम्पनीले गरेको जनाएको छ ।
कम्पनीले नेपालका लागि आधिकारिक विक्रेता कन्स्ट्रक्सन सलुशन मार्फत यसअघि आर २२०, २१५, (एल सी –७) , आर ८०–७, आर १४० एल सी–९ लगायतका उपकरण नेपाली बजारमा बिक्री गर्दै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.