हिमालयन बैंकले ३० प्रतिशत बोनस सेयर दिने, हकप्रद सेयरले बोनस नपाउने

  २०७३ मंसिर १५ गते १२:१०     विकासन्युज

himalayanकाठमाडौं, १५ मंसिर । हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।  बैंकले पछिल्लो समय निस्काशन गरेको हकप्रद सेयरले उक्त बोनस सेयर नपाउने बैंकले स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.