हस्तकला व्यापार मेलामा १० करोडको कारोबार, करिब २ लाखद्धारा अवलोकन

  २०७३ मंसिर १५ गते १३:१६     विकासन्युज

काठमाडौं, १५ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा आयोजना भईरहेको १४ औं हस्तकला व्यापार मेला तथा १२ औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । मंसिर १० गते देखि ५ दिन सम्म लागेको उक्त मेलामा प्रत्यक्ष र परोक्ष गरी १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । साथै, करिब २ लाख अवलोकनकर्ताले मेलाको अवलोकन गरेका छन् ।

14th_hastakala_mahasangh

नेपाल सरकार बाणिज्य मन्त्रालय तथा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघले १४ औं हस्तकला व्यापार मेला तथा १२ औं हस्तकला प्रतियोगिताको विधिवत रुपमा समापन गरेको छ ।

समापन समारोहमा महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रले आर्थिक विकासको क्रममा निर्यात व्यापारमा अग्रणी भूमिकाको साथै रोजगारी सिर्जनाद्वारा गरिबी निवारणको क्षेत्रमा खेलेको बताए । सो क्रममा उनले नेपाल हस्तकला महासंघको अभिलेख अनुसार गत आर्थिक बर्षमा हस्तकला निकासी करीव ५ अर्ब बराबरको रहेको जानकारी गराएका छन् ।

चालू आर्थिक बर्षको प्रथम चौमासिक तथ्यांकले यस बर्ष हस्तकलाका वस्तुहरुको निर्यात बृद्धि हुने संकेत प्राप्त भईरहेको छ । साथ साथै आन्तरिक बजारमा हुने विक्री र अभिलेख नराखिएको निकासी अंक समेत जोड्दा बार्षिक कारोबार करीब १२/१३ अर्ब भन्दा बढि रहेको बताए ।

हस्तकला क्षेत्रले करीब ११÷१२ लाख व्यक्तिलाई प्रत्यक्ष र परोक्ष रुपबाट उपयुक्त पूर्वाधार, विकास, निर्यात व्यापार लक्षित प्रभावकारी कार्यक्रमहरु र सुविधाहरुको व्यवस्था गर्न सकेमा हस्तकला व्यवसायलाई गाउँ गाउँ सम्म विस्तार गर्न सकिने रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.