रमेश र किरणले पाए सेजन अवार्ड, चार पत्रकारलाई एचबीएल फेलोसिप

  २०७३ मंसिर १५ गते १४:३०     विकासन्युज

काठमाडौं, १५ मंसिर । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आफ्नो १९ औ  स्थापना दिवसको अवसर पारेर दुईजना पत्रकारलाई सेजन अवार्ड प्रदान गरेको छ ।  सेजन अवार्ड पाउनेहरुमा छापा माध्यमबाट हिमाल मिडियाका रमेश कुमार र विद्युतीय सञ्चार माध्यमबाट रेडियो कान्तिपुरका किरण अधिकारी रहेका छन् ।

sejon_award

वर्षभरी उत्कृष्ट आर्थिक समाचार संम्प्रेषण गर्ने दुई पत्रकारहरुलाई सेजनले आफ्नो स्थापनाको अवसर पारेर सेजन अवार्ड दिने गरेको छ । वर्षभरी उत्कृष्ट आर्थिक समाचार संम्प्रेषण गर्ने दुई पत्रकारहरुलाई सेजनले आफ्नो स्थापनाको अवसर पारेर सेजन अवार्ड दिने गरेको छ ।

sejon

त्यस्तै सेजन डेको अवसर पारेर एचवीएल–सेजन आर्थिक पत्रकारिता फेलोशिपको लागि चारजना छनौट भएका छन् । अनलाइनबाट उद्धव थापा, अंग्रेजी दैनिकबाट सागर घिमिरे, टेलिभिजनबाट सुनिता कार्की र नेपाली पत्रिकाबाट विनय बञ्जरा छनौट भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.