एनआईबिएल प्रगति फन्डको बिक्री खुला, ढिलोमा मंसिर ३० गतेसम्म किन्न पाइने

  २०७३ मंसिर १६ गते १२:५२     विकासन्युज

nibl_capitalकाठमाडौं, १६ मंसिर । एनआइबीएल प्रगति फन्डको बिहीबार (आज)देखि बिक्री खुला भएको छ । कम्पनीले  करोड म्युचुअल फन्डका नयाँ इकाई बजारमा ल्याएको छ । कुल ६ करोड इकाईमध्ये पाँच करोड १० लाख कित्ता सर्वसाधारणको लागि खुला गरेको कम्पनीले जनाएको छ ।

उक्त फण्डको प्रतिइकाई मूल्य १० रूपैयाँ कायम गरिएको छ । कम्पनीले ६ करोड इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड र ८० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेस्टमेन्ट बैंकले पाउने बताएको छ । बाँकी रहेको पाँच करोड १० लाख इकाई चाँहि कम्पनीले सर्वसाधरणमा निष्कासन तथा बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम एक सय इकाई र अधिकतम ६० लाख इकाईसम्म आवेदन दिन पाइनेछ । कम्पनीले जारी गरेको उक्त फण्डमा सर्वसाधारणले मंसिर २० गते सम्म आवेदन दिइसक्नु पर्ने छ । सो समय भित्र पनि आवश्यकता अनुसार आवेदन नपरेमा कम्पनीले मंसिर ३० गतेसम्म आवेदन खुल्ला गर्ने बताएको छ ।

उपत्यका भित्रका लगानीकर्ताले एनआइबीएल क्यापिटल लिमिटेड लाजिम्पाट तथा नेपाल इन्भेस्टभेन्ट बैंकका अधिकांश शाखा कार्यालयमा आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।

आवेदन फारम लिन र बुझाउन सक्ने स्थानहरु:

nibl_pragati_fund

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.