२०७३ मंसिर १६ गते १४:३६ विकासन्युज
काठमाडौं, १६ मंसिर । सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ५४ हजार प्रतितोला कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भारत सरकारले चलनचल्तीका ठूला दरका नोटमा प्रतिबन्द लगाएसँगै सुनको मूल्यमा गिरावट आएको हो । सवैभन्दा बढी सुन खपत हुने भारतमा ठूला दरका नोटम प्रतिबन्ध लगाएपछि यसको प्रभाव सुनको मुल्यमा परेको सुनचादी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।
बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । यसदिन चाँदी तोलाको ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.