२०७३ मंसिर १६ गते २१:१४ विकासन्युज
कोलम्बिया। गत मङ्गलबार कोलम्बियाको पहाडी इलाकामा ब्राजिलियन फुटवल खेलाडि चढेको विमान दुर्घटना इन्धन अभावको कारण भएको अनुसन्धानले पत्ता लागेको छ ।
‘ककपिट भ्वाइस रिकर्डर’ रिकर्ड भएअनुसार दुर्घटना तेल अभावको कारण भएको तथ्य फेला परेको कोलम्बियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ ।
दुर्घटना हुनु अगाडी विमानका चालकले विमानमा इन्धनको अभाव भएको र इन्जिनले काम गर्न छाडेको सुचना ‘कन्ट्रोल टावर’मा पठाएको जानकारी दिएको बताइएको छ ।
कोलम्बियाका सञ्चार माध्यमहरुले बुधबार जनाएनुसार मेडेलिननजिकै दुर्घटना हुनु अगाडि विमानका चालकले ‘यहाँ इन्जिनले काम गर्न छाड्यो, इन्धन पनि छैन,’ भनेका थिए ।
दुर्घटनामा परी दक्षिण अमेरिकाको दोस्रो ठूलो फुटबल प्रतियोगिताका लागि गएका ब्राजिलका फुटबल खेलाडीहरु र २० जना पत्रकारलगायत ७१ को मृत्यु भएको थियो । यस दुर्घटनालाई खेलको इतिहासमा नै यो भीषण घटनारूपमा लिइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.