२०७३ मंसिर १७ गते १६:२८ विकासन्युज
काठमाडौं, १७ मंसिर । डा.गोविन्द केसीको २० दिनदेखिको अनसन अव तोडिने भएको छ । इन्सिच्युट अफ मेडिसिन (आइओएम) का नवनियुक्त डिन केपी सिंहले राजीनामा दिएपछि उनको अनसन तोडिने भएको हो । केसीले नियम विपरित आईओएममा डिन नियुक्त गरिएको भन्दै विगत २० दिनदेखि अनशन बस्दै आएका थिए ।
डा. गोविन्द केसीको जीवन भन्दा ठूलो आफ्नो पद नभएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँसमक्ष राजिनामा पेश गरेका हुन् । उनको स्वास्थ्य अवस्था बिग्रदो छ । डा.केसीकै स्वास्थ्यलाई ध्यानमा राखेर आफूले राजिनामा दिएको डा सिंहले बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.