सनराइज बैंकको सर्वाधिक जीवन बीमासहितको घर कर्जा योजना

  २०७३ मंसिर १७ गते १८:३६     विकासन्युज

sunrise_branchकाठमाडौं, १७ मंसिर । सनराइज बैंकले ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि आफ्नो योजना अन्र्तगत सर्वाधिक जीवन बीमासहितको सुरक्षित घरकर्जा योजना ल्याएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी बैंकले सुरक्षित घर कर्जा लगानीमा बीमा योजनाले ग्राहकको हितमा काम गर्ने जनाएको छ ।

बैंकले आफ्ना ग्राहकलाई घर कर्जा सुरक्षाको लागि वीमासँग जोडिदिएको बैकका विभागिय वरिष्ठ प्रबन्धक हरि प्रसाद आचार्यले जानकारी दिए । बैकले सुरक्षित घर कर्जा वीमाको लागि प्रइम लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेको छ । ५ लाखदेखी १ कारोड रुपैंयाँ सम्म कर्जाको सिमा तोकिएको छ भने कर्जा चुक्ताको अवधि १० देखि २० बर्षसम्म राखिएको छ । आचार्यका अनुसार बैकले कर्जा रकम बराबर कर्जा अवधिभर सर्वाधिक जिवन वीमा हुनेछ । यसले गर्दा ऋणिको विचैमा मृत्यु भएमा, दुर्घटनामा पनि अंगभंग भएर ऋण तिर्न नसकेमा वीमामार्फत बैकले आफ्नो रकम असुल गर्नेछ ।

वीमको लागि २१ बर्षदेखि ५० बर्ष मुनीमा व्यक्ति मात्रै योग्य रहने बैकले जनाएको छ । यदी उमेरका कारण सुरक्षित घरकर्जा लिन नसक्ने अवस्था भएपनि एकाघरका सदस्यले संयुक्त ऋण आवेदन गरी कम उमेरको व्यक्तिको नामबाट वीमा गर्न बैंकले सुविधा दिएको आचार्यले बताए ।

त्यस्तै बैकले विद्युतिय उपकरण प्रयोगको बारेमा पनि सचेत रहन आग्रह गरेको छ । बैंकले हाल चलनचल्तिमा रहेको एटिएम कार्डमा रहेको म्याग्नेटिक स्ट्रिप सुरक्षा प्रणालि कमजोर रहेको जनाउँदै छिटै नै भरपर्दो र सुरक्षित इएमभि चिप प्रयोगमा ल्याउने तयारी भइरहेको जनाएको छ ।
पछिल्लो समय बैंकिङ कारोवारमा आम सर्वसाधारणको ध्यानाकर्षण हुँदै गएको अवस्थामा बैकले आफ्नो योजना र विद्युतिय उपकरण प्रयोग सम्बन्धि जानकारी दिएको पुतलीसडक शाखाका प्रबन्धक विष्णु उप्रेतिले बताए ।

हाल बैंकको चुक्ता पूँजी ५अर्ब ३० करोड रुपैंयाँ रहेको छ भने निक्षेप ५५ अर्ब रुपैंयाँ रहेको बताइन्छ । त्यस्तै ४७ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ  । गत आवमा ९५ करोड रुपैंयाँ नाफा गरेको बैंकका झण्डै ३ लाख २५ हजार ग्राहक रहेको छ । २०६४ सालमा वाणिज्य बैंकको रुपमा स्थापना भएको सनराइजको ६७ वटा शाखा र ११ वटा शाखारहित सेवा केन्द्र र ७२ वटा एटिएम रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.