रुकुमको रुकुमकोटमा प्रभु बैंकको शाखा विस्तार

  २०७३ मंसिर १८ गते १०:५७     विकासन्युज

prabhu_rukumकाठमाडौं, १८ मंसिर । प्रभु बैंकले रुकुम जिल्लाको रुकुमकोट गाविस वडा नम्बवर ६ मा यूके एड सक्षमसँगको सहकार्यमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । पूर्व मन्त्री तथा सांसद गणेशमान पुनले शुक्रबार एक समारोहका बीच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् ।

रुकुममा बैंकको शाखा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने भएकाले यसबाट स्थानीयहरु पनि उत्साहित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.