एनएमबि बैंकमा करर्पाेरेट इन्टरनेट बैंकिङ्ग सिस्टम शुभारम्भ, नेपालको बैकिङ क्षेत्रमा नयाँ प्रविधि भित्रियो

  २०७३ मंसिर १८ गते ११:०९     विकासन्युज

nmb_bankकाठमाडौं, १८ मंसिर । एनएमबि बैंकले करर्पाेरेट ग्राहकहरुको सुबिधालाई मध्य नजर गर्दै “एनएमबि करर्पाेरेट इन्टरनेट बैंकिङ्ग सिस्टम” को शुभारम्भ गरेको छ । आफ्ना कर्पाेरेट ग्राहकलाई विश्वको कुनै पनि ठाउँबाट आफ्नो बैंकिङ्ग खाताको बिवरण हेर्न तथा सुरक्षित कारोबारका प्रक्रियालाई थप सरल तथा सुरक्षित बनाउने उद्देश्यले बैंकले यो सिस्टम ल्याएको बैंकले जनाएको छ ।

यस सिस्टमबाट ग्राहकहरुले हरेक कारोबारको टु फ्याक्टर अथेन्टिकेसन, सिगनेचर म्याट्रिक्स प्रबिधिबाट कारोबार प्रमाणिकरण, तथा हरेक कारोबारको प्रत्यक्ष बिवरण हेर्न सकिने भरपर्दो तथा सुरक्षित सुविधा रहेकोे र यस्तो सिस्टम नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.