२०७३ मंसिर १९ गते १६:४२ विकासन्युज
काठमाडौं, १९ मंसिर । काठमाडौं स्थित भृकुटी मण्डपमा पाचौँ बम्पर जुत्ता चप्पल सेल मेला शुरु भएको छ । उक्त मेला यही मंसिर १५ देखि पुष ४ गते सम्म हुने आयोजकले बताएका छन् ।
उक्त मेला “स्वदेशी उत्पादनको प्रयोग गरौं, आत्मनिर्भरको बाटोमा कदम बढाऔं” सुरुवाती नाराका साथ विगत पाँच वर्षदेखि शुरु हुँदै आइरहेको छ । मेलामा स्वदेशी जुत्ता चप्पल उत्पादन गर्ने नेपालको लगभग सम्पुर्ण ब्राण्डहरु सहभागी छन् ।
महोत्सवमा १०० रुपैयाँ देखि हजार रुपैयाँ भन्दा माथि मुल्य पर्ने जुत्ता चप्पलहरु उपलब्ध रहेका छन् । जसमा उपभोक्ताहरुले हरेक खरिदमा १५ प्रतिशत देखी ७० प्रतिशत सम्म छुट पाउन सकिने आयोजकले बताएका छन् ।
नेपालका उच्चस्तरीय छाला जुत्ता तथा चप्पल उत्पादकहरु रन शुज, स्मार्ट शुज, पि. जि शुज प्यरगोन फूटवेर, सिटिजन, सम्राट, कदम र हाईलाईफ शुज एण्ड स्लिपर्सले संयुक्त रुपमा आयोजना भइरहेको छ । उक्त मेलामा दैनिक दश हजार भन्दा धेरै सहभागी भै रहेको आयोजकको दावी रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.