२०७३ मंसिर ३० गते १७:२८ विकासन्युज
काठमाडौं, ३० मंसिर । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनीक गरेको नेपालको बैदेशिक व्यापार वस्तुस्थिति २०७३/७४ को चौमासिक विवरण अनुसार ऊनी गलैंचा तथा तयारी पोशाक निर्यातमा गिरावट आएको छ । पहिलो चौमासिक समिक्षा विवरणमा गत बर्ष भन्दा ऊनी गलैंचा र तयारी पोशाकमा क्रमशः ४.१ प्रतिशत र तयारी पोशाकमा १३.० प्रतिशतले निर्यातमा गिरावट आएको हो ।
चालु आर्थिक बर्षको पहिलो चौमासमा २ अर्ब ६९ करोड रुपैंयाँको ऊनी गलैंचा र १ अर्ब ९२ करोड रुपैंयाँ बराबरको तयारी पोशाक निर्यात भएको छ । भूकम्प र नाकाबन्दीका बावजुद पनि गतबर्ष गलैंचा र तयारी पोशाक निर्यात सन्तोष जनक रहेको थियो ।
नेपालबाट निकासी हुने प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि रहेको विवरणमा उल्लेख गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.