टाटा सुमोको पोखरा-जोमसोम-पोखरा सेवा सुरु, ३५ वटा सुमो सञ्चालनमा

  २०७३ पुष १ गते १२:२१     विकासन्युज

tata_sumoकाठमाडौं, १ पुस । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सद्वारा पोखरा–जोमसोम–पोखरामा टाटा सुमोको नयाँ रुटको सुरुवात गरिएको छ ।  भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सद्वारा निर्मित अत्याधुनिक एवं सुविधा सम्पन्न टाटा सुमो श्री मुक्तिनाथ दर्शन यातायात प्रा.लि. ले अबको दिनहरुमा उक्त स्थानमा संचालन गर्ने छ । उक्त कुराको जानकारी मुक्तिनाथ दर्शन यातायातका अध्यक्ष महेन्द्र थकालीले गराएका छन् ।

उक्त समारोहका प्रमुख अतिथि पूर्व संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ्गले यस सेवाले पोखरा–जोमसोम क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धनमा थप सहयोग हुने बताएका छन् । सोही अवसरमा सिप्रदी ट्रेडिङ्गका जनरल म्यानेजर प्रविन खतिवडाले जोमसोममा समयमै मर्मत सेवा तथा स्पेयर पार्टसहरु उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कम्पनीका अनुसार ३५ वटा टाटा सुमो सञ्चालन गरिएको उक्त रुटमा यात्रुहरुले पहिलेको भन्दा आधा शुल्कमा यात्रा गर्न सक्नेछन् । साथै यस रुटमा यात्रुहरुले आफ्नो यात्राको बीचमा सुन्दर गाउँ र कोसेलीहरुका लागि पसलहरुको आनन्द पनि उठाउन सक्नेछन् । टाटा सुमो एक मजबुत मल्टि युटिलिटि सवारी साधन भएकाले कच्ची बाटोमा अधिकतम लोकप्रिय रहेको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.