२०७३ पुष १ गते १६:४६ विकासन्युज
काठमाडौं, १ पुस । नेपाल राष्ट्र बैंकले खाद्य बस्तुहरुको मुल्यबृद्धि ह्वात्तै घटेको दावी गरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा खाद्य बस्तुको मुल्यबृद्धि २.६ प्रतिशतमा सिमित रहेको दावी गरेको छ ।
तर बजारमा खाद्य पदार्थको मुल्य बृद्धि भने दोहोरो अंक भन्दा माथि नै रहेको विभिन्न निकायहरुले सार्वजनिक गरिरहेका छन् । गत वर्ष भारतले गरेको नाकाबन्दी र भूकम्पको असर मुल्यबृद्धिमा पर्दा मुल्यबृद्धिर बढेको थियो तर यस वर्ष सामान्य भएकोले मुल्उबृद्धिमा चाप नभएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खाद्यबस्तुको मुल्यबृद्धि १२.१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले दावी गरेको थियो तर आर्थिक पत्रकार समाज (सेजन) ले गरेको एक अध्ययन मा खाद्य पदार्थको मुल्उय बृद्धि २४ प्रतिशत सम्म रहेको तथ्य सार्वजनिक भएको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार खाद्य पदार्थ अन्तर्गत घ्यू तथा तेलको मुल्यबृद्धि १९.८ प्रतिशतले बढेको छ भने दलहन तथा गेडागुडीको मूल्य २.३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा क्रमशस्४१.१ र ४४.१ प्रतिशतले बढेको थियो ।
त्यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनामा दुग्धजन्य पदार्थ तथा अण्डा ३.१ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११.९ प्रतिशतले बृद्धि भएको थियो ।
त्यस्तै खाद्य तथा खाद्यजन्य पदार्थको १.५ प्रतिशतले मात्र मुल्य बृद्धि भएको छ । सो को मुल्यबृद्धि गत वर्षको सोही अवधिमा ९.४ प्रतिशतले बृद्धि भएको थियो ।
त्यसैगरी फलफूल र मासु तथा माछा तर्फ ३.२ र ३.९ प्रतिशतले बृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । गत वर्षको सोही अवधिमा फलफुल र मासु तथा माछा तर्फ १०.२ र ९.६ प्रतिशतले बृद्धि भएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.